आज भोलि हरेक साँझ
Aja Bholi harek sanjh
Lyrics
( आज भोली हरेक साँझ,
मातिन थालेछ
जिन्दगी देखि जिन्दगी,
आतिन थालेछ) x 2
आज भोली, हरेक साँझ..
( रहरै रहरमा पिए,
विवश भएर पिए ) x 2
( दुखमा पिए, सुखमा पिए ) x 2
पिउदिन पिउदिन, भन्दै पिए
आजभोली जिन्दगानी,
छोटिन थालेछ
जिन्दगी देखि जिन्दगी,
आतिन थालेछ
आज भोली, हरेक साँझ ..
( मन्दिरमा बसेर पिए,
मसानमा लडेर पिए ) x 2
( नाचेर पिए, हाँसेर पिए ) x 2
एकान्तमा कहिलेकाहीं,
रुदै पिए
आजभोली हरेक रात,
रक्सिन थालेछ
जिन्दगी देखि जिन्दगी,
आतिन थालेछ
आज भोली, हरेक साँझ...