जति चोट दिन्छौ
Jati chot dinchau
Lyrics
जति चोट दिन्छौ देऊ मायालु,
मुटुभित्र साँचेर राख्नेछु
जति आँसु दिन्छौ देऊ मायालु,
दुई आँखाबाट झार्नेछु
जति चोट दिन्छौ देऊ मायालु
मुटुभित्र साँचेर राख्नेछु
( मुटुमा फुलेको विश्वासको फूल,
विवसताको हुरीले झारिदिएछ ) x 2
तर तिम्रो नजरमा दोषीको श्रेय,
यो अभागीलाई मिलेछ
ठिकै छ मायालु म तिम्रो नजरमा,
दोषी भएर बाँच्नेछु
जति आँसु दिन्छौ देऊ मायालु,
दुई आँखाबाट झार्नेछु
जति चोट.....
( विछोडको घाउमा खाटा नबस्दै,
तिमीले फेरि बदनाम गर्यौ ) x 2
मेरो जीवनमा बहार आउने सारा,
मुहानहरू थुनिदियौ
ठिकै छ मायालु म जीवनभरि नै,
उजाड भएर बाँच्नेछु
जति आँसु दिन्छौ देऊ मायालु,
दुई आँखाबाट झार्नेछु
जति चोट.....