रक्तिम - raktim Lyrics | Nepaly Lyrics

Lyrics

रक्तिम अधर छ तिम्रो, लाली नलाए हुन्छ कालो नयन छ तिम्रो, गाजल नलाए हुन्छ रक्तिम अधर छ तिम्रो, लाली नलाए हुन्छ चाँदी माथिको स्वर्ण, तिम्रो मुहारको कान्ती उसैै त राम्री छ्यौ तिमी, फाहा नलाए हुन्छ मौका पर्खिन्न भन्छन्, यौवन फर्कीन्न भन्छन् तिम्रो नयनको शान्ति, मौन फिराद गर्छन् रक्तिम अधर छ तिम्रो, लाली नलाए हुन्छ मैले बुझिन भाका, कैयन उपाय लाएँ अड्कल सकीन काट्न, धेरै विचार लाएँ विन्ती म लाटोलाई, भाषा सजिलो बोल टम्मै मिलेको ओठ, संकोच नमानी खोल रक्तिम अधर छ तिम्रो, लाली नलाए हुन्छ कालो नयन छ तिम्रो गाजल नलाए हुन्छ रक्तिम अधर छ तिम्रो, लाली नलाए हुन्छ

More by Phatteman Rajbhandari

Similar Songs (Classical)

Trending Songs

Advertisement