जङ्गी निसान हाम्रो
Jungi Nishan Hamro
Lyrics
रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो
जिउंदो रगत सरी यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्र सूर्य
( हिमाल झै अटल यो, झुकेन यो कहिल्यै
लत्रेन यो कहिल्यै, जङ्गी निशान हाम्रो ) x 2
यो जन्मदै जगतमा, कयौ प्रहार आए
साम्राज्य दुई हारे, हारेन यो शान हाम्रो
रातो र चन्द्र सूर्य
( जबसम्म चन्द्र-सुर्य, आकाशमा रहन्छन्
तबसम्म हुन्छ आफ्नै, रातो रगत यो हाम्रो ) x 2
गाई सरी छन साधु, जो जो यहाँ जगतमा
सबको शरण बलियो, जङ्गी निशान हाम्रो
रातो र चन्द्र सूर्य, जङ्गी निशान हाम्रो
जिउंदो रगत सरी यो, बल्दो यो शान हाम्रो
रातो र चन्द्र सूर्य