अर्को जन्म मा - arko janma ma Lyrics | Nepaly Lyrics
अर्को जन्म मा

अर्को जन्म मा

arko janma ma
17 Aug, 2026
3 views

Lyrics

फेरि अर्को जन्ममा, तिम्रो हुन पाँउ नलेखिएको भाग्यलाई, बोकेर आउन पाँउ फेरि छुटिएर मन, सहन गाह्रो भो भारि पिडाहरु मनका, बिसाउन पाँउ तिमीलाई फुल दिउला, तिमीले भुल गरेनी तिमीलाई माया दिउला, तिमीले भुली दिएनी तिमीले छाडि जादा, भाचिएको यो मन मैले टाल्न खोजे, रसाइदियो नि झन मनै त होनि, दुखि हाल्यो मनको कुरो यो, बुझ्नुलाई गाह्रो छाडि जानुनि, कति सजिलो छाडिएको मन, सम्हाल्नै गाह्रो मेरा समयहरुले तिमीलाइ कुर्दै थिए मेरा जिवनभरिलाई यो बोझ हुने भो मेरा हासोहरुको मैले श्राद्ध गरिदिए तिम्रा हासोहरुको कामना गरे तिमीलाई फुल दिउला, तिमीले भुल गरेनी तिमीलाई माया दिउला, तिमीले भुलिदिए नि तिम्रा लाजलाई मैले सधै ढाकिदिउला मेरा लाजहरुको कुनै ख्याल नराखि तिम्रा खुसिहरु मेरा खुसि नै हुन तिमी खुसि हुनु मेरो याद नराखि मेरो भाग्यमा रहेनाै तिमी खुसी नै छु म, म मरे पनि तिमीलाई फुल दिउला, तिमीले भुल गरेनी तिमीलाई माया दिउला, तिमीले भुलिदिए नि

Watch Video

More by Swar

Similar Songs (Nepali Pop/Soft Rock)

Trending Songs

Advertisement