बिदाई
Bidai
Lyrics
सम्हाल्न सकेन मन, सम्हाल्न सकेन समय
अस्वीकार जति गरू म, रहेन केहि हाम्रो बीच
फेरि आशा नै मर्यो की, फेरि निराशाले ढाक्यो की
अस्वीकार जति गरू म, रहेन केहि हाम्रो बीच
कति माया गर्छु तिम्लाई, देखाउन सक्दिन कहिले नि
कति आश थियो सँगै, बिताउने जीवन अतिनै
( खाली आँशु मात्रै छ, बिदाईको बेला ) x 2
कति राम्री देखिए छौ, बेसरी निदाउँदा पनि
फर्कन्नौ थाहा छ फेरि, बोलाउँछु किन कुन्नि
मेरा मन भरी को माया, जोखिनै नसक्ने गरी
मेरा आशा हरु सँगै, बेरिनै नसक्ने गरी
( खाली आँशु मात्रै छ, बिदाईको बेला ) x 2
मेरो यो मन, मेरो जीवन
म जे सुकै छु, तिमी बिना
मेरो यो हाल, मलाई समाउन
म जिउन सक्दिन, तिमी बिना
सम्हाल्न सकेन मन, सम्हाल्न सकेन समय
अस्वीकार जति गरू म, रहेन केहि हाम्रो बीच