पत्र - Patra Lyrics | Nepaly Lyrics

Lyrics

मेरी प्यारी माया, आशा छ तिमी ठिकै छौ अनि अझै मेरो पत्र आउँदा तिमी रुन्दैनौ धेरै भयो है हामी कुरा–कानी नभएको तिम्रो अँगालोले मेरो अँगालो सजाएको तर यति बुझ है, मलाई तिम्रो अझै सम्झनाले पिरोल्छ मेरा काँधभरि तिमीले झारेका आँसुले छातीसम्मै पोल्छ मायालु, तिमीलाई सम्झी बस्छु एकान्तमा अल्झिँदै तिमी कहिले आइपुग्ने रहरको सिमान्तमा भन्न त मन छ, पर्खी बस है तर महँगो रहेछ सपना धेरै हो र यो स्वार्थ नै, मायाको अर्थ खै? हेरिरहँदा तिम्रो मुटु तड्पेकै तर यति सम्झ है, मलाई तिम्रो अझै सुस्केरीले बिउँझाउँछ निन्दरी पर्खँदा, फेरि तिम्रै सम्झनाले आँखा मेरो रसाउँछ मायालु, तिमीलाई सम्झी बस्छु एकान्तमा कल्पिँदै फेरि यथार्थ र रहरको सिमान्तमा आज जुना बनी आयौ, भोलि आफैँ आउनु है? तिम्रो झल–झली सम्झना, आइरहेछ नि मलाई अब अर्को भेट नभए, यति सम्झिराख है तिम्रै थिएँ म त जहिल्यै, तिम्रै हुन्छु म सधैं आज जुना बनी आयौ, भोलि आफैँ आउनु है? तिम्रो झल–झली सम्झना, आइरहेछ नि मलाई अब अर्को भेट नभए, यति सम्झिराख है तिम्रै थिएँ म त जहिल्यै, तिम्रै हुन्छु म सधैं

Watch Video

More by Sajjan Raj Vaidya

Similar Songs (Nepali Pop/Soft Rock)

Trending Songs

Advertisement