मुटु जलिरहेछ
Mutu Jalirahecha
Lyrics
मुटु जलिरहेछ,
यो मन गलिरहेछ,
तिम्रो याद आइदिँदा,
( आँशु त्यसै बगेछ ) x 2
मुटु जलिरहेछ
( मिलनका हरेक पलहरु,
मुटु भित्र कहीँ बसेछ ) x 2
बिपनामै सपना देख्ने,
( बानी मलाई परेछ ) x 2
हुरी चलिरहेछ,
घाउ दुखिरहेछ
तिम्रो याद आइदिँदा,
( आँशु त्यसै बगेछ ) x 2
मुटु जलिरहेछ
( तिम्रो मायाको न्यानोपनमा,
मेरो माया बाँची दिएछ ) x 2
तिम्रा ओँठका मुस्कान सँगै,
( मेरो हाँसो बिलाई दिएछ ) x 2
जीवन ढलिरहेछ,
ब्यथा बढिरहेछ
तिम्रो याद आइदिँदा,
( आँशु त्यसै बगेछ ) x 2
मुटु जलिरहेछ