अरबौ मान्छेहरुमा
Arabau Manche haruma
Lyrics
( अरबौ मान्छेहरुमा,
तिमी एक मन मिल्ने मान्छे ) x 2
म मन मिल्ने मान्छे भेट्दा,
( संसार नै भुल्ने मान्छे ) x 2
अरबौ मान्छेहरुमा,
तिमी एक मन मिल्ने मान्छे
( तराजुमा राखेर धेरै पल्ट,
यो दुनिँयालाई मैले जोखेको छु ) x 2
सहानुभुतीको आशा गरेर रुदै,
बेर्थै वेदना पोखेको छु
( देखेर मानिसको मतलवी चाला ) x 2
रुँदा रुँदै म रोकेको छु
मलाई सानै चोट लाग्दा पनि,
तिमी छट्पटाइ हाल्ने मान्छे
अरबौ मान्छेहरुमा,
तिमी एक मन मिल्ने मान्छे
( म निर्धन, निर्बल र बेअर्थको
पानी बिहिन खोला ) x 2
म सायद त्यो अस्तित्वहिन मान्छे,
मेरो महत्व के होला
( केहि छिन त तैपनि हाँसेरै जिउछु ) x 2
तिमी साथ भएको बेला
मेरो मृत्यु को खबर सुन्दा यहाँ,
तिमी एकछोट रुने मान्छे।
( अरबौ मान्छेहरुमा,
तिमी एक मन मिल्ने मान्छे ) x 2
म मन मिल्ने मान्छे भेट्दा,
( संसार नै भुल्ने मान्छे ) x 2
अरबौ मान्छेहरुमा,
तिमी एक मन मिल्ने मान्छे...