काफ्ले
Kafle
Lyrics
घर केले छाउनू ? पराल न खर, छैन नि झिँगटी

हौ, भाग्यमै भए कमाउँछु भन्छ चार टिन सम्पत्ति

गाई भने सानो दूध दिन्छ मानु, खानू कि नखानू ?
मागेरै लाउन नसक्नेसँग जानू कि नजानू ?
धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?

बाँझो खेतबाली लगाउँछु भन्छ हलोले जोतेर
बाँझो खेतबाली लगाउँछु भन्छ हलोले जोतेर
रितभाँतैबिना आँखाको चालमा नौडाँडा काटेर
हौ, भगाई पो लान्छु भन्छ हौ काफ्ले, जानू कि नजानू ?
धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?
धान सुक्यो रापले, फकाउँछ काफ्ले, जानू कि नजानू ?
हह, भिर र पहिरो, खोलाको बाटो, नमान्नू डरै डर
हे, भिर र पहिरो, खोलाको बाटो, नमान्नू डरै डर
नफुल्नू माया, मनभरि फुल्यो यो जुनी तिम्रै भर
हौ, नफुल्नू माया, मनभरि फुल्यो यो जुनी तिम्रै भर
सुन है साथी, दोधारमा परेँ, के गर्नू के गर्नू ?
देखाउने माया, भगाउने माया, कुन चाहिँ पत्याउनू ?