परानै दिन्छु Ft. मेलिना राई
Paranai Dinchu Ft. Melina Rai
Lyrics
केटा: ( हाँस भन हाँसी दिन्छु,
रोउ भन रोइ दिन्छु ) x 2
( माग तिमी मसंग जे छ, ) x 2
परानै मागे परानै दिन्छु, परानै दिन्छु
केटि: मुरी कुइन्टल चाहीदैन मायाँ,
साँचो हो भने चुट्की काफी छ
( रोपनी बिघा चाहीदैन मलाई, ) x 2
साँचो हो भने धुर नै काफी छ, धुर नै काफी छ
केटि: भन्दिन म, आकाशको तारा झार भनेर
भन्दिन म, संगै बाँचौ संगै मरौँ भनेर
केटा: मलाई तिम्रो न्यानो मायै काफी छ
मलाई तिम्रो यो पल नै काफी छ
केटि: जाउ भन गई दिन्छु,
आउ भन आई दिन्छु
( माग तिमी मसंग जे छ ) x 2
परानै मागे परानै दिन्छु, परानै दिन्छु
केटा: मुरी कुइन्टल चाहीदैन मायाँ,
साँचो हो भने चुट्की काफी छ
( रोपनी बिघा चाहीदैन मलाई, ) x 2
साँचो हो भने धुर नै काफी छ, धुर नै काफी छ
केटि: आँखा मात्र हैन मन भित्रै सजाकी छु
सीरै माथी हात राखी कसम खा छु
केटा: त्यो मनमा कतै मलाई लुकाइ देउ
हिरा मोती हैन साँचो माया देउ
केटि: जित भन, जिती दिन्छु
हार भन, हारी दिन्छु
केटा: ( माग तिमी, मसंग जे छ ) x 2
परानै मागे, परानै दिन्छु, परानै दिन्छु
केटि: मुरी कुइन्टल चाहीदैन मायाँ,
साँचो हो भने चुट्की काफी छ
( रोपनी बिघा चाहीदैन मलाई, ) x 2
साँचो हो भने धुर नै काफी छ, धुर नै काफी छ