जाड Ft. theहुलाकी
Jaad Ft. theHulalki
Lyrics
हुलाकी :
जाडैले, फर्कायो यादै सबै,
जाडैले
कैले कही मातिएको बेलामा,
तिम्रै कल्पनामा, हराउँछु
मन भारी हुन्छ, जब
चढ्दै जान्छ त्यो, जाँड
जाँड
वाईबा बुद्ध:
मलाई यो जाँड...
मनको पीडा मेट्ने ओखती,
टाढा छौ तर मनमा यादहरूको बोझ छ नि
भुलाउन सक्दिन म, गाह्रो लाग्छ सोच्ननी
साँझ परेपछि मनमा यादहरूले घोच्छ नि
सम्झना सताइरहन्छ मस्तिष्कको रोग बनी
अधुरो कथा कैद छ चर्किएका ओठभरि
लेखिएका शब्दहरूले तिमीलाई नै खोज्छ नि
मदिराको नशाले म सहिरहेछु चोट पनि
अब त यादहरू नै बहाना भो पिउन
मर्न सक्दिन तर कारण छैन जिउन
आखिर यो माया के हो? गाह्रो भाछ बुझ्न
यो चर्किसक्या मुटु मेरो, गाह्रो छैन टुट्न
मायाको डोरी चुडियो, पासो छैन झुण्डिन
तिमीले छाडेपछि भाको छैन खुसी म
सम्बन्धभन्दा लामो आज हाम्रो दूरी छ
चारैतिर अन्धकार छ, बाटो छैन उम्किन
हुलाकी :
... जाडैले!
फर्कायो यादै सबै, जाडैले
मर्छु कि क्या हो तिम्रै, यादैले
फर्कायो यादै सबै
जाडैले,
जाडैले...
वाईबा बुद्ध:
फर्किन खोज्छ तिम्रा यादहरू सब जाडैले
हराउँछु कल्पनामा, आँसु झार्छ आँखाले
दुख्छ यो मुटु मलाई, बाँच्न निकै गाह्रो तर
स्वार्थी छु म नि, हाम्रो याद जोगाउन बाँच्दै थिएँ
पानामा कोर्दै छु म अधुरो चाहना सबै
बचेका याद आँसु बनी सब आँखामा भर्दै
म मरे पनि तिमी खुसी हुनु सधैँभरि
तिम्रो खुसी नै माग्छु भगवान्लाई प्रार्थना गर्दै
मन यो अझै पनि किन तिमीमा नै अल्झिन्छ?
पिउँछु म भुल्न, तर यादहरू सब फर्किन्छ
नशामा पीडा सबै सुन्न हुन्छ भन्थे तर
नशामा झन् देख्छु उसलाई, घाउहरू सब बल्झिन्छ
भौतारी हिँड्दै छु, मायामा हारेँ म
मन भारी हुन्छ जब सोच्छु तिम्रै बारेमा
बुझ्न सकिनँ तिम्रो रहर हो कि बाध्यता
म शान्त राख्न मनलाई सधैँ निर्भर हुन्छु जाँडैमा
हुलाकी :
अनि दोषी मै हुँ रे?
तिम्रै आँसुको भावना नै छैन रे
के चाहिँ कमी भो?
मलाई त्यही जाडैले, फर्कायो यादै सबै
जाडैले...
हुलाकी :
मलाई तिम्रो सम्झनाले पिरोल्छ
यादहरू काँढाझैँ रोपिन्छ
तिम्रै मायाले बोलाइराछ
यो मन, दौडिँदै छ
वाईबा बुद्ध:
( म मदिराको नशामा बस कोरिराख्छु कविता
तिम्रो लागि माया धेरै हुन्छ हरेक पंक्तिमा
भुलाउने प्रयासमा नै पिउने गर्छु मदिरा
म आँसु लुकाउनलाई सधैँ रुँदै बस्छु झरीमा ) x 2