कस्तो छ तिमीलाई
kasto cha timilai
Lyrics
कस्तो छ तिमीलाई के छ तिम्रो खबर
जति सम्झिन्छाै नि तिमीले सम्झीराछु त्यसको डबल
संगै बगी राछ माया एउटै नभएनी बगर
तिमी जस्तै सुन्दर छ रे भन्छन् तिमी बस्ने सहर
थाहा छैन कहाँ बाट शंकाको काँडा छिरी राछ
तर तिमी बुझ्छौ तिमीबिना टुकी निभीराछ
नपर भ्रममा म टाढा हुन्छ तिमीबाट
जस्तै कि गुलियाे छुट्टिन्न कहिल्यै चिनीबाट
सुख्खा छ जीवन तिमी पानी बनी देउ
कहिले अँगालोमा बाध कहिले गाली गरिदेउ
खालि-खालि लाग्छ राज्य खै किन हो कुन्नी
तिमी आउ केही नसाेची मेरो रानी बनी देउ
माया ढुङ्गा खोज्दा देउता होइन हिरा खाेज्दा मोती पाए
लोभी होइन मन आफ्नै आँखा हुन्छ दोषी प्राय
नसके नसकेपछि थाम्न भार तिम्राे जवानीकाे
ति तिम्रा चप्पलहरु उजुरी बोकी आए
पछ्याउँदै छायाँ तिम्रो म नि अघि बढिरा
माया छ भने के नै छ र धनी गरिबमा
ऐना बनाइ राख मलाइ तिम्रो कोठाभित्र
अनि देखाउ भाकाे सबै तिम्रो नकाब थरी थरीका
सुगन्ध यति मिठो तिमी पारिजातको फूल माया
सधैं पलाइ राख्ने तिमी सिमटारीकाे मूल
होला केही खोट तर मेरो लागि जुन
हाम्लाई देख्दा डाहा गर्ने सबै अभागी नै हुन्
तिम्लाई छुन खोज्नेहरु को हात लाई थिचेर फाल्न
तिमी ढुक्क हुनु तिम्लाई कोहीले टिपेर लान्न
दुःख-सुख साग सिस्नाे मात्र निधारको कुरा
संगै पुगाैं गन्तव्यमा एक्लै जितेर जान्न
मलाई फर्केर कसैले एकचोटी हेरेन
सायद छोड्यो भाग्यले निधारमा दोषी लेखेर
माया संसारकै महंगो म खुसी किनिदिन्छु
मात्र तिमी टाढा नजाउ रित्ताे गाेजी देखेर
शायद मर्द खाेज्दा-खाेज्दै कति थाकिथ्याै र माया
नत्र यस्तो भाउ खान तिम्ले काँ सिक्यौ र माया
ल ठिक छ किन्न पर्छ भने बाँकि लेउ न माया
शुभ हुन्छ कि त दिन एकफेर हासी देउ न माया
मेरो नैतिकताले दिन्न अधिकार खोसी लिने
तर भाको देवी देउराली सबै ढाेगी हिँडे
तिमी फूल भएपछि म काँडा हुने पर्यो
नत्र टिप्न आउनेहरूको हातलाई कसले काेपिदिने
बिहेमा साथीहरुले बाेकाे छिनाइ भने
मलाई तिम्रो अंगालाेमा एउटै धोको निदाइरने
हेर आँटेसी पुग्नेछ त्याे मनलाई अन्त नडुलाउ
मैले त यता दुई-चारवटा भोटो सिलाई सके
स्वर्ग नै खाली छ धर्तीमा देखे सुन्दरी
दुइटा मुटु बाँधिएसी कसले हेर्छ कुण्डलि
हाम्रो यो जित सबको मुखमा झुण्डिने छ माया
म गाउँछु गीत तिमी आउनु मिठाे धुन बनी