तिमि नै हौ - TIMI NAI HAU Lyrics | Nepaly Lyrics
तिमि नै हौ

तिमि नै हौ

TIMI NAI HAU
15 Feb, 2026
15 views

Lyrics

मलाई काम लागेनौ, बेकार भयो, ठीक भयो माया–प्रीति भन्ने कुरा बेकारको चीज हो लागेको छ मलाई यहाँ अत्ति नै दशा माया गर्ने मुटु फुट्यो, कत्ति नमजा मलाई के थाहा चोखो मायाबाट छुट पाइने त्यो केटीलाई बिर्सिदे भन्छ मेरो साथीभाइले खासमा भन्नु पर्दा मलाई तिमी मात्रै चाहिने तिम्रो धेरै याद आउँदा मैले लोकल रक्सी खाइदिएँ कसरी बिताऊँ यो मेरो अधुरो जीवन रुँदै छु भक्कानो छाडी, मायाको भयो निधन मेरो चोखो मायामा आज शैतानले बास गर्‍यो तिमीसँग बाँच्ने इच्छा, चाहना र आशा मर्‍यो सन्चो छैन मलाई, मुटुको घाउ कत्ति-कत्ति निन्द्रै लाग्दैन मलाई रातभरि छटपट्टि मान्छे चिन्नेभन्दा पहिले हुन्छु सतर्क तिम्रो छातीभित्र मुटु होइन, पत्थर छ सधैं भन्ने गर्थ्यौ, “नछोड है मलाई” तर आज त्यो केटी खोइ, कहाँ हराइ? व्यक्त गर्दैछु मेरो केवल एक भावना तिमी नै मेरो पहिलो र अन्तिम चाहना सधैं भन्ने गर्थ्यौ, “नछोड है मलाई” तर आज त्यो केटी खोइ, कहाँ हराइ? व्यक्त गर्दैछु मेरो केवल एक भावना तिमी नै मेरो पहिलो र अन्तिम चाहना छु म आज एक्लो, मैले तिम्रो साथ नपाएको धेरै दिन भयो, तिम्रो यादमा भात नखाएको माया गर्ने मुटुमा भयो ठूलो घाट को कस्तो भनेर आज चिनियो जात पक्कै लाग्नेछ तिमीलाई मेरो सराप यौवन सम्हाल्न सकेनौ, बैँसको मात जिउँदै मार्यौ मलाई, दियौ बाधा-अवरोध के भयो कुन्नि, देखायौ परिवर्तन खुशी छौ तिमी, सक्दैनौ रुन त? असम्भव माया, के गरी हुन्थ्यो हुन त दुख पर्दा मनमा भावना बुन्छु अनि तिमीले दिएको चोट आँसुले नै धुन्छु जब धेरै याद आइरहन्छ, तिम्रो फोटो छुन्छु अनि रुँछु, पीडा हुँदा MC FLO लाई सुन्छु थाहा थिएन? तिमीलाई मेरो कति आँसु झर्थ्यो नि? मेरो अर्कै केटा छ भनेर पहिल्यै भन्नु पर्थ्यो नि सुरुदेखि बिग्रिसकेको रहेछ उसको चालढाल यस्तो लागिसक्यो, अब दिन्न तिमीलाई बालसाल हिँड्दैछु साँघुरो बाटोमा, त्यै पनि भिरपट्टि म जस्तो खटेको कसरी बन्नेछौ श्रीमती? फकाउनलाई उसले मिठो-मिठो गर्छे कुरा पुरानो हुँदै गयो, मायामा पर्छे रात अनि अर्को केटा खोजेर, हामीलाई गर्छे घाट चोखो माया भन्ने कुरा निक्कै हुन्छ दर्दनाक कसलाई के थाहा? मनको वेदना कति रुनु पर्छ? आमाले भन्थिन्, “बुहारी चाहिँ यही हुनु पर्छ” तर उसले मलाई छाडी, अरू कसैसँग हिँडिन् त्यो केटाले उसको सस्तो मन सजिलै किन्दियो भाग्य नभएपछि, अनि मैले के गर्नु? सोचिरहेँ उसलाई दुई–चार वर्षपछि बिहे गर्छु पहेंलो सबै सुन हुँदैन, दिमागमा सोच भर सुनजस्तै देखिने त्यो केटासँगै मज्जा गर सधैं भन्ने गर्थ्यौ, “नछोड है मलाई” तर आज त्यो केटी खोइ, कहाँ हराइ? व्यक्त गर्दैछु मेरो केवल एक भावना तिमी नै मेरो पहिलो र अन्तिम चाहना

Watch Video

More by Samir Ghising

Trending Songs

Advertisement