प्रगति-एक्लोपन - Pragati-Eklopan Lyrics | Nepaly Lyrics

प्रगति-एक्लोपन

Pragati-Eklopan
19 Aug, 2022
2 views

Lyrics

मेरो छाया र मेरो एकलोपन मेरा दुई मित्र हरू, छन् धेरै मात्तेको अन्धकार मा छाया ले मेरो साथ छोडेर गयो तर एकलोपन त अझै पनि मेरो साथ नै थियो तैरिएका छन् भावना, तैरिराछु एक्लै हत्कडी झैं सपना, कैदी भाछु एक्लै कोही जान सक्दैनन्, त्या जाने गर्छु एक्लै अचेल त बानी लाग्यो, खुसी छु म एक्लै कोही छैनन् मलाई खोज्ने, हराए नि बाल छैन खोज्दैनन् किन थाहा छ? म त्यस्तो बबाल हैन हेडफोन छ कानमा, गीत सुनिराछु एक्लै दिमाग ब्रह्माण्ड, म घुमिराछु एक्लै कहिले काहीं लाग्छ, म एक्लै हुनुको कारण के? साथी भाइ सबै छन्, भेट्न नि सक्छु आरामले जान मन छैन कतै, हप्ता दिन भो महिनै के गरूँ झैं भाको छ, अनिश्चित छ भविष्य सुत्नु अघि म सोच्छु, समय सबै खेर गो भोलिको दिन नि त्यस्तै, फरक के नै छ र हो! अर्को वर्ष केही गर्छु, त्यही नै सोचिराथे पोहोर ऐनामा मुहार हेर्छु, फरक मात्र डन्डीफोर भिरको टुप्पामा बसी, चिच्याई राख्न मन छ सबैले यो गर भन्छ, म चाहिँ सोच्छु अन्त टोलाएका छन् आँखा, सोच्छु किन यस्तो छु काम छैन केही नि मेरो, खाली छु म व्यस्त छु बाँकी छ रुनु मात्र, खै के भनूँ एक्लो छु पिउन नमिल्ने पानी जस्तो छ नि, त्यस्तै छु छैन म अरू जस्तो, बेग्लै छु म, यस्तै हूँ लुकेर छुरा हान्छन्, म छर्लङ्ग देख्दै छु हराए कतै भने, खोज्न पनि आउँदैनन् कोठामै मरे पनि, अत्तोपत्तो पाउँदैनन् थाहा छैन भाको के, आरोप चाहिँ मलाई लाउँदैछन् मलाई चाहिँ लगा भन्छन्, तिनीहरूले लाउँदैनन् छैन केही गुनासो, यी हाँसो भित्र लुक्न देऊ आँसु नि झर्न सक्छ, एकछिन चित्त दुख्न देऊ टिल-पिल गर्दै छन् आँखा, चिम्ली रोक्न खोज्छु आँसु टपक्क गर्दै झर्छन्, पग्लेका भावनाहरू सायद म म नै हैन, आफैलै नै खोजिराछु सम्झाउँदै अरूलाई, आफ्नै नजरमा दोषी भाछु आफैलाई सोधिराछु, खै त तेरो प्रगति? माया र साथ दिने, जिन्दगीमा छ कति? तिमीले देखे जस्तो, छैन मेरो जिन्दगी तिमीले सोचे भन्दा, बेग्लै नै छु म पनि साथी भाइ हजारौँ छ, एक्लै हुन्छु हर घडी भविष्य सोच्दा, वर्तमान नै काँप्छ थरथरी सबैले भन्छन् हेर त, त्यसलाई कति मोज छ म भने मर्दे छु, बाँकी छ छुरा रोप्न चल्दैछ हात-पाउ, मस्तिष्क नै जाम छ सकाउनु कहिले मैले, लथालिङ्ग काम छ कहिले काहीं लाग्छ, मेरो जिन्दगी नै धिक्कार भो कहिले काहीं लाग्छ, यो त खाली मेरो विचार हो कहिले काहीं लाग्छ, सबै हुँदा हुँदै रित्तो छु कहिले काहीं ढिलो लाग्छ, कहिले लाग्छ छिटो छु कहिले काहीं हास्छु, तर आँसुहरूलाई सम्झिन्छु रिस मात्र उठ्छ जहिले, जो सँग नि सन्किन्छु दोष दिन्न कसैलाई म, आफैँ एक्लो भाको हूँ बिर्सेको छैन है, सबैलाई सम्झिराको छु स्वतन्त्र ठाउँमा छु, सोचाइले बन्दी भाको हूँ म मरे कोही नरुनु, अहिले भन्दिराको छु म आफैँ झुण्डिराको छु, त्यो एकलोपनलाई खाई सकेँ ईश्वरलाई सम्झाइदे, पुग्यो सजाय पाई सकेँ रुवाउँदिन भन्दा भन्दै, बाउ आमालाई रुवाई सकेँ परिवार कहिले पाल्ने, यत्रो ठुलो भइसकेँ थाहा छैन जस्तो गर्छु, दुख दिने मै त थिएँ बिर्से कि बाउ आमाले, सुख भन्ने रैछ के मैले त हाँस्न बिर्से, अरूको नि खोसिदिए कि बाउलाई त वाक्कै पार्थे, आमा जैले हुन्थि रोगी विस्तारै झर्ने आँसु, मैले ह्वात्तै पोखिदिए कि मनमा त्यही बोध छ, हाँसेको छैन त्यो दिन देखि लामो सास फेर्छु, झर्न दिन्न अड्काई दिन्छु आँसु सोचाइमा डुब्छु प्रायः, बिर्सिन्छु म ठ्याक्कै कहाँ छु रोऊँ कि एक्लै हासूँ, कसम पागल हुनै लागछु केही छैन नयाँ नौलो, झन् पुरानो हुँदैगाछु साथी भाइ सबलाई हेर्छु, केही न केही त गर्दै छन् म मात्र खाली भएँ, बसिराछु घरमै झन् त्यही माथि एकलोपनमै, लाग्न थाल्यो रमाइलो हुर्केछु कति छिटो, थाहै नपाई समय गो रातभरि निन्द्रा आउन्न, आँखा नि छ अनिधो भोलि त पक्कै गर्छु, यो पाली त अत्ति भो हिजो नि त्यही भन्दै थिएँ, आज नि त्यही भन्दैछु संसार डुल्ने सपना, खै त म त घरमै छु कहिले काहीं लाग्छ, त्यस्तो केही हैन म डरमै छु जीवनका खाली पाना, एकलोपनले भर्दैछु कहिले काहीं लाग्छ, बदलिएँ म सायद अर्कै हूँ छैन केही कमाइ, अझै परिवारकै भरमा छु बाँच्ने रहर बोकी, म दिनका दिन झैँ मर्दे छु सबैले सोध्छन् के छ? थाहा छैन के गर्दै छु भोलि के हुन्छ, आज जसो तसो कटायियो विश्वास नि लाग्दैन, खै आज भोलि कसैको म एक्लो छैन, सायद यो समस्या सबैको जिन्दगी यही नै हो, के खेल हो सबै समयको दिन आउँछ भन्दा भन्दै, गाइसक्यो कि मेरो दिन दिनहरू गन्दा गन्दै, आईसकेछ जन्मदिन कसरी पार्टी दिऊँ? बाँकी छ अझै तिर्न ऋण मेरो जीवन कहानी, दामी बन्छ एउटा फिल्म सब हुन्छ रियल सिन, मेहनतको त्यति खाँचो छैन समस्या एउटै छ, हेर्ने म एक्लै कोही हुँदैन भिडभाडमा हुँदा पनि, बस्ने गर्छु कुनामा कहिले-काहीं हाँस्दै ऐना हेर्छु, अहँ सुहाएन आनन्द लाग्छ अचेल, लाग्या घाउको दुखाइमा झुक्केर फोन बज्छ, हेर्छु तर उठाइनँ हावाको स्पर्शमा, झरीसँगै रुझ्न मन छ चाहिँदैन जून मलाई, तारा गन्दै सुत्न मन छ न मलाई उठ्न मन छ, बस्दा नि भारी बोक्दैछु मन कुटुकुटु गर्छ, हैन रैछ नङ टोक्दैछु टाउकोमा हात मसार्दै, रिस आफैलाई पोख्दछु चुरोट नि सकियो, फिल्टर तान्न खोज्दा खोक्दछु मर्न मन छैन, एक्लो हुनबाट रोक्दछु औषधि लाग्छ गीत, म सुनी एक्लै घोक्दछु थाहा छ म किन एक्लो छु, त्यही पनि खुसी छु मेरो कोही सुन्दिदैनन्, सबको कुरा सुन्दिन्छु त्यसैले कुरा राख्दा, झ्याउ नपानी सुन्दिनु नत्र कि मेरो एकलोपन, र मलाई बुझ्दिनु

Watch Video

More by Phsyco Musicg

Similar Songs (Hip-Hop / Rap)

Trending Songs

Advertisement