फूल
Phool
Lyrics
(फूलहरू मुस्काउँछन्, तिमीले देख्छौ र?
पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र?) x 3
जून हेर्नू तिमी, माथि-माथि सगरको x 2
म हेर्छु मेरो जून तिम्रो नजरको x 2
हो, चिना-रेखा केही देखाउन्न, म भाग्य फेरौँला
तिमी बिहान-साँझ मेरो, तिम्रै बाटो हेरौँला
हो, तिमी बिहान-साँझ मेरो, तिम्रै बाटो हेरौँला
फूलहरू मुस्काउँछन् (तिमीले देख्छौ र?)
पुतलीले गीत गाउँछन् (तिमीले सुन्छौ र?)
लेकैमा कुहिरो पर्खिरहेछ
सिमसिम-सिमसिम हिउँपानी बर्षिरहेछ x 2
(फूलहरू मुस्काउँछन्, तिमीले देख्छौ र?
पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र? ) x 2
तिमीबिना तिमी हुनू, नछोएरै हरदम छुनू
भेटिरहनू नपर्खेर, रुझाइरहनू नबर्सेर
ए, आ-हा-हा, आ-हा-हा, बॊकि फूल
तिमीजस्तै न्यानो, हो
तिमीजस्तै शीतल
ऊनको स्विटर
फूलहरू मुस्काउँछन्, तिमीले देख्छौ र?
पुतलीले गीत गाउँछन्, तिमीले सुन्छौ र?