तीनपाते
Teenpatey
05 Aug, 2020
11 views
Lyrics
लै, लै, लै x 4
----------- केटा
देखेर तिमीलाई, हेरेर तिमीलाई
तिमीलाई, तिमीलाई
भेटेर तिमीलाई, सम्झेर तिमीलाई
तिमीलाई, तिमीलाई
देखेर तिमीलाई, हेरेर तिमीलाई
भेटेर तिमीलाई, सम्झेर तिमीलाई
मनै मनमा माया तीनपाते भै दियो x 2
----------- केटी
बिपनीमा तिमीलाई, सपनीमा तिमीलाई
तिमीलाई, तिमीलाई
दिनैरात तिमीलाई, सम्झेर तिमीलाई
तिमीलाई, तिमीलाई
बिपनीमा तिमीलाई, सपनीमा तिमीलाई
दिनैरात तिमीलाई, सम्झेर तिमीलाई
मेरो रसरङ्ग सबै, तिमी तिरै गइदियो
Hm, मेरो रसरङ्ग सबै, तिमी तिरै गइदियो
----------- दुबै
( बाँसै काटी चोया, चोया खिपी डोको
तिमीसँगै घामछाया हुने मनको धोको ) x 2
----------- केटी
शिरेफूल शिरैमा लाउँला कसरी?
नौगेडी गलैमा लाउँला कसरी?
ओठैमा हाँसो आउला कसरी? x 2
सुन्छु नि कानैभरि, मन उड्छ डाँडै पारि x 2
----------- केटा
Hm,
आफै मुस्काऊ मुसुक्क, जूनतारा टिपी कोही दिँदैन
थोपाथोपा मिली बग्छ खोला, सागर कुनै मुहान हुँदैन
रात पछि हुन्छ उजेली, मनचरी गाउला सुसेली x 2
----------- केटा
आऊ, समाऊ यी नाडी मेरा
तिम्रै नाममा दिनरात चल्छन्
----------- केटी
उठाऊ यी मेरा नजरका घुम्टोहरू
तिम्रै मुहार हेर्न चञ्चल छन्
----------- केटा
आऊ, समाऊ यी नाडी मेरा
तिम्रै नाममा दिनरात चल्छन्
----------- केटी
उठाऊ यी मेरा नजरका घुम्टोहरू
तिम्रै मुहार हेर्न चञ्चल छन्
----------- केटा
मनै मनमा माया तीनपाते भैदियो
----------- केटी
मेरो रसरङ्ग सबै, तिमी तिरै गइदियो