एक्लै भए नि Ft. बिद्या तिवारी
Eklai bhaye ni Ft. Bidhya Tiwari
Lyrics
सुजन चापागाईं:
जाँदा माया हाँस्दै जानु ल
खुशी सबै सँगाली लानु ल
यादहरूमा मैं बाँचौला
काहाँनी यो अधुरै साँचुला
( किन माया बस्छ, आफै दुख्नलाई ) x 2
लाग्छ बेर कति, यो घाउ सुक्नलाई
मैं गली गए, मैँ ढली गए नि
एक्लै भए नि
झस्काई रहलान्, सम्झाई रहलान्
म कहाँ जाउँला, तिमीबाट टाढा
समिपै हुन्छु झनैं म गाढा
शीत झैं हराई
तिमी हुँदाका खुशीहरू, आँशुले रमाई
सुवाष कस्तुरि, सहुँला दस्तुरि
ओ... सुवाष कस्तुरि, हे माया, सहुँला दस्तुरि
आँसुको भारी, मन गाँठो पारी
पोखियो आज, संसारै हारी
मनै त होनी, सके सम्झाउँला
नसके आधा यो, मुटु लिई जाउँला
मैं गली गए, मैं ढली गए नि
एक्लै भए नि
बिद्या तिवारी :
मेरो सिरानी तिम्रो, हात साँची दिनु
यो समय त गई गयो, अर्को जुनि सँगै बाँचिदिनु
( भो अब म सादा हुन्छु, ठिकै छ म आधा हुन्छु ) x 2
सुजन चापागाईं:
हेर्ने करोडौँ आखाँ होलान्, घेर्ने लाखौँ मुटु होलान्
तिम्रा यादका छालहरू, परेली भिजाउलान्
मेरा आफ्नै बेहालहरू, सिरानी भिजाउलान्
जाउ म सहुँला, शून्य म रहुँला
ओ... जाउ म सहुँला, हे माया, शून्य म रहुँला
( किन माया बस्छ आफै दुख्नलाई ) x 2
लाग्छ बेर कति, यो घाउ सुक्नलाई
मै जली गए, मै ढली गए नि
एक्लै भए नि