उडी जाने रुमाल
udi jane rumal
Lyrics
( उडी जाने रुमाल फरर दाजै, मन उड्यो त्यसै हरर ) x 2
थाहा छैन माया पनि, यति मिठो हूंदो रैछ
( बैँशमा हुन्छ है डर ) x 2
उडी जाने रुमाल फरर दाजै, मन उड्यो त्यसै हरर
बैँशमा हुन्छ है डर
(के के सोचें के के खोजें, पाईदैन देखे जति ) x 2
भन्दछन पाइन्छ है, ( कर्ममा लेखे जति ) x 2
खोला हो यो जान्छ बगेर ल है, बगरको माया मारेर
बैँशमा हुन्छ है डर
( फूल राम्रो जून राम्रो, उमेरैले दिए पछि ) x 2
भन्दछन पाईन्छ है, ( भाग्यले दिए जति ) x 2
फूल झरे फूल फुल्छ रे ल है, लाए माया अमर हुन्छ रे
उडी जाने रुमाल फरर दाजै, मन उड्यो त्यसै हरर
थाहा छैन माया पनि, यति मिठो हूंदो रैछ
( बैँशमा हुन्छ है डर, मन उड्यो त्यसै हरर ) x 2
बैँशमा हुन्छ है डर