जब तारा गनेर
Jaba tara ganera
Lyrics
जब तारा गनेर एक्लै टोलाउँछौ, जब हृदय खोलेर मलाई बोलाउँछौ
( म बादलको साहारा लिएर चन्द्रमा बाट हेर्नेछु ) X 2
जब तारा गनेर एक्लै टोलाउँछौ
( मान्छेको जीवन हो सँधै भेट्न गार्हो हुन्छ) X 2
( दुर दृष्टिले मन झन साह्रो हुन्छ ) X 2
जब पुजा गरेर मलाई सम्झन्छौ,
जब दुःख भुलेर एकछिन हाँस्छौ,
( म यादको साहारा लिएर मन मनै भेट्नेछु ) x 2
जब तारा गनेर एक्लै टोलाउँछौ
( मान्छेको जीवन हो समय साथ उडेर जान्छ ) x 2
( एक दिन दैवले तन मन हरेर लान्छ ) x 2
जब तिमी चिच्याएर मलाई बोलाउछौ,
जब आकाश हेरेर एकछिन टोलाउँछौँ
म बादलको साहारा लीएर तारा बनी खस्नेछु
म अद्रिश्य स्वरुपमा आएर तिमी सँगै बस्नेछु
जब तारा गनेर एक्लै टोलाउँछौ, जब हृदय खोलेर मलाई बोलाउँछौ
( म बादलको साहारा लिएर चन्द्रमा बाट हेर्नेछु ) X 2
जब तारा गनेर एक्लै टोलाउँछौ