आमा
aama
26 Apr, 2022
32 views
Lyrics
संसार भरिका खुशी तिमीलाई दिन्छु आमा
अमुल्य दुधको कर्जा यो जुनिमै तिमीलाई तिर्छु आमा
रगतको मात्र हैन यो नाता ममताको, मेरो जिबन केवल तिम्रो भावनाको
आफ्नो भोक मारी मारी मेरो पेट भर्थ्यौ तिमीले आमा
आफ्नो निन्द्रा काटी काटी मलाई सपना दिन्थ्यौ आमा
कही केहि बिझ्यो कि , आँखा मेरो भिज्योकि
कहिले काँहि चिच्याउदा , केहि भयर बोलायकि
हर्पल मेरो खयाल गर्ने तिमी थियौ मेरो जिबन दाता
भागवान भन्दा ठुलो लाग्छ मलाई तिमी मेरी आमा
मलाई तिमी मेरी आमा , मलाई तिमी मेरी आमा ,
मलाई याद छ तिमीले गरेका त्यागहरु
मलाई याद छ तिमीले हुर्काउदाको दिनहरु
मलाई याद छ औंला समाइ हिड्न सिकायको
मलाई याद छ तिम्रो काखलाई सिरानी बनायको
आज धेरै टाडा भय , म तिम्रो दुख देख्न सकिन
आज म बिरानो भय म तिम्रो आँशु पुछ्न सकिन
तिम्रो आँशु पुछ्न सकिन , तिम्रो आँशु पुछ्न सकिन
मेरो आमाको आँशु पुछ्न मेरो घरमा गइदेउन
मेरो आमाको आँशु पुछ्न मेरो घरमा गइदेउन
घरमा गइदेउन , घरमा गइदेउन , मेरो घरमा गइदेउन