झमक्क साँझहरु
Jhamakka Sanjh haru
Lyrics
झमक्क साँझहरु
पन्छीका हातहरु
बोकि उँडिरहेछन
छल्किएका प्रितहरु
बुझाउँछौ कसरी
अल्झिएका रहरहरु
थमाउँछौ कसरी
थाहा छैन सहरहरु
झमक्क साँझहरु
बादल झरी संगै लड्दै
भावनाको सन्देश बचाएको छु
क्षितिज पारी ओझेलको दुरि
मेरो मायाले घटाएको छु
लुकाएका यादहरु
अगोचर भावहरु
लुकाएका यादहरु
अगोचर भावहरु
देखाउँछौ कसरी
बिभासहिन रातहरु
सुनाउँछौ कसरी
थाहा छैन लयहरु
लेखिएका बातहरु
झमक्क साँझहरु
लुकाएका यादहरु
अगोचर भावहरु
अल्झिएका रहरहरु
बिभासहिन रातहरु
झमक्क साँझहरु