म कहिले हाँसेको थिएँ
ma kahile haseko thiyee
15 Apr, 2003
Reason
2 views
Lyrics
( म कहिले हाँसेको थिएँ, मेरो सामु तिमी रुदा
किन त्यसै गालि गर्छौ, बाध्यता टाढा हुदा ) x 2
म कहिले हाँसेको थिएँ
( तिमीबाट टाढा हुनु, मलाई कसैको कर थियो
तिमीलाई साथ दिन्थे, जन्म नाता टुट्ने डर थियो ) x 2
हाँसेर बोलिदेउ, कहिले काँहि भेट हुँदा
किन त्यसै आँखा तरछ्यौ, बाध्यतामा टाढा हुदा
म कहिले हाँसेको थिएँ
( सबै थाहा छ तिमीलाई, कसरी म टाढा भएँ
धेरै माया गर्थे तिमीलाई, किन आज नौलो बने ) x 2
यो मन कहाँ खुशी छ, तिमीलाई अरुले छुदा
किन त्यसै गालि गर्छौ, बाध्यतामा टाढा हुदा
म कहिले हाँसेको थिएँ, मेरो सामु तिमी रुदा
किन त्यसै गालि गर्छौ, बाध्यता टाढा हुदा
हाँसेर बोलिदेउ, कहिले काँहि भेट हुँदा
किन त्यसै आँखा तरछ्यौ, बाध्यतामा टाढा हुदा
म कहिले हाँसेको थिएँ