जति तले पनि
Jati Tale Pani
06 Oct, 2023
22 views
Lyrics
जति टाले पनि जुता कुर्कुचामा फाट्यो
भारी बोकी भरिया दाइ मानेडाँडो काट्यो
रुन्छ पीरले
जता हेर्यो गरिवीको कालीभीरले
ढाकर खेप्दै यो बर्ष नि पुरै हिउँद गयो
घर फर्की आउँदा फेरी खाली हातै भयो
कुईनो टाल्न सियो-धागो, फेरी झिक्नु पर्यो
यसरि नै जिन्दगीभर सित्यै बिक्नु पर्यो
जति टाले पनि जुता कुर्कुचामा फाट्यो
डोको-नाम्लोसङ्ग आफ्नै दु:ख उठाउँदा नि
पसिनाको धारा पुछी टोपी निचोर्दा नि
साना-साना बाल-बच्चा भोकै सुत्छन् रात
दशैँ-तिहार सग्रान्तीमा छैन साग र भात
जति टाले पनि जुता कुर्कुचामा फाट्यो
भारी बोकी भरिया दाइ मानेडाँडो काट्यो
रुन्छ पीरले
जता हेर्यो गरिवीको कालीभीरले