झमक्क साँझहरु
Jhamakka sanjhharu
Lyrics
झमक्क साँझहरु, पन्छीका हातहरु
बोकि उँडिरहेछन, छल्किएका प्रितहरु
बुझाउँछौ कसरी, अल्झिएका रहरहरु
थमाउँछौ कसरी, थाहा छैन सहरहरु
झमक्क साँझहरु
बादल झरी संगै लड्दै
भावनाको सन्देश बचाएको छु
क्षितिज पारी ओझेलको दुरि
मेरो मायाले घटाएको छु
( लुकाएका यादहरु, अगोचर भावहरु ) x 2
देखाउँछौ कसरी, बिभासहिन रातहरु
सुनाउँछौ कसरी, थाहा छैन लयहरु
लेखिएका बातहरु
झमक्क साँझहरु
लुकाएका यादहरु, अगोचर भावहरु
अल्झिएका रहरहरु, बिभासहिन रातहरु
झमक्क साँझहरु