क लत बस्यो
ke lat basyo
12 Jan, 2023
2 views
Lyrics
के लत्,
के.. लत्,
के लत् बस्यो मलाई, कहिले सुधार हुन्छ
एकदिन तिमी नबोल्दा, एकदिन तिमी नबोल्दा
एकदिन तिमी नबोल्दा, यो दिल बिमार हुन्छ
यो दिल बिमार हुन्छ
के लत् बस्यो मलाई
साथी रहेछ दु:ख,
साथी...... रहेछ दु:ख,
दु:ख, दु:ख......
साथी रहेछ दु:ख,
साथी रहेछ दु:ख, हरपल सवार हुन्छ
हरपल सवार हुन्छ
सुख पाहुना रहेछन्, सुख पाहुना रहेछन्
सुख पाहुना रहेछन्, छुट्नै हतार हुन्छ
छुट्नै हतार हुन्छ
के लत् बस्यो मलाई
पानी परेर धर्ती,
पानी परेर धर्ती.....,
पानी परेर धर्ती,
पानी परेर धर्ती, आकाश हुन्छ सुन्दर
आकाश हुन्छ सुन्दर
धर्ती बनेर तिम्रो,
धर्ती बनेर तिम्रो,
धर्ती बनेर तिम्रो, के नै बिगार हुन्छ
के नै बिगार हुन्छ
के लत् बस्यो मलाई
खोला, नदी, समुन्द्र,
खोला, नदी, समुन्द्र
खोला, नदी, समुन्द्र, जे नाम होस् न आखिर
अस्तित्व राखिराख्ने,
अस्तित्व राखिराख्ने
अस्तित्व राखिराख्ने, मात्रै किनार हुन्छ
मात्रै किनार हुन्छ
के लत् बस्यो मलाई, कहिले सुधार हुन्छ
एकदिन तिमी नबोल्दा, एकदिन तिमी नबोल्दा
एकदिन तिमी नबोल्दा, यो दिल बिमार हुन्छ
यो दिल बिमार हुन्छ
के लत् बस्यो मलाई .....