सम्झने मुटु
Samjhane mutu
01 Jan, 2010
2 views
Lyrics
( सम्झिने मुटु, फेर्न पाए हुन्थ्यो ) x 2
दुखिरहने मन, फेर्न पाए हुन्थ्यो
हर रातमा मिठा सपनाहरू, आँखाभरि आँउथ्यो
झस्केर ती सपनाहरू, टुटि जान्थ्यो
( टुटेको सपना देख्ने आँखा लाई, चिम्लन पाए हुन्थ्यो ) x 2
दुखिरहने मन, फेर्न पाए हुन्थ्यो
सोच्थेँ जीवन, सुख र खुसी हो
तर आफ्नोले नै, धोका घात दियो
( यो झुटो संसारमा बाँच्नुभन्दा, मर्न पाए हुन्थ्यो ) x 2
दुखिरहने मन, फेर्न पाए हुन्थ्यो