गोरेटो अनि उस्तै
Goreto ani ustai
17 Mar, 2026
9 views
Lyrics
( गोरेटो अनि उस्तै छ गल्ली
तिमी कतै बदल्यौ कि ) x 2
आकास उही छ धरती उही छ
कतै तिम्रो मन बदल्यो कि,
( ओ प्रिय ) x 2
रुखमा खोपको प्रेमको चिनो, अँझै पनि उस्तै छ
प्रियसीका यादभरि यो मनमा, च्वास्स मुटु पोल्दछ
कोही फर्काइदेऊ त्यो बालापन
कोही फर्काइदेऊ अतीतका ती मीठा क्षण
( गोरेटो अनि उस्तै छ गल्ली
तिमी कतै बदल्यौ कि ) x 2
आकास उही छ धरती उही छ
कतै तिम्रो मन बदल्यो कि,
( ओ प्रिय ) x 2
हत्केलामा नाम लेख्दै मेटेको, झलझली याद आउँछ
सिरानी बनाई छातीमा सुतेको, आजै जस्तो लाग्छ
कोही फर्काइदेऊ त्यो न्यानो पन
कोही फर्काइदेऊ अतीतका ती मीठा क्षण
( गोरेटो अनि उस्तै छ गल्ली
तिमी कतै बदल्यौ कि ) x 2
आकास उही छ धरती उही छ
कतै तिम्रो मन बदल्यो कि,
( ओ प्रिय ) x 2