स्पर्श संगीत
Sparsha Sangeet
06 Jul, 2024
10 views
Lyrics
गाजलु तिम्रा आँखा, लजालु भाका तिम्रा
अड्कल्नै गर्न गार्हो, बयानै गरु कहाँ बाट
कि सकु लय समाउ कि, ओठमा लाली सजाउनी
उज्यालो मुस्कान बताउ कि, मनै शुद्ध झल्काउछिन
टाढिएर नजाऊ तिमी हेर, विश्वास गर मलाई एकफेर
सहजै काटौला यो जिन्दगी, जादैन तिम्रो माया है खेर
माया छनि एतै मै तिर, दौडी आउनु अंगाल्नु एकफेर
दुइ कदम तिमी सार्नु अनि, दुइ कदम मै सारौला
मेरी माया फुल जस्ती,बगैचामा फुली रहने
मेरी माया चम्किला ताराहरुमा, चम्किने जुन
मेरी माया आकाश माथि, मेरी माया धर्तिमा नि
मेरी माया फराकिलो यो संसारमा, फराकिलै सोच राख्छिन
शब्द सबै संगै समेट्दै,
बर्णन गरे तिमीलाई
अलिअलि अक्मकि अत्तालिदै,
माया लाए तिमी संगै
मन नै त हो यो दुखि जाने, दुखाइ गयो होला
कसम नै हो तोडी लाने, अन्तै तिर जोड्यो होला
दुखेका ति मनलाई न हुन, अलि बढी माया चाहिने
टुटेका ति विश्वासहरु न हुन, आशाहरुले जोडी दिने
मेरी माया आकाश जस्ती, बादलहरु थामी रहनी
मेरी माया चम्किला ताराहरुमा, चम्किने जुन
मेरी माया सागर जस्ती, गहिराइमा डुबी रहनी
मेरी माया फराकिलाई संसारमा, फराकिलै सोच राख्छिन
(तिम्रो माया ९९ भए, मेरो माया सहि
तिम्रो माया जुन तारा भए, मेरो माया नक्छेत्र सबै
तिम्रो माया सुकुम्बासी भए, मेरो माया नम्बरी
तिम्रो माया सुन चांदी भए, मेरो माया हिरा झैँ ) x 3