Lyrics
Nepali (Unicode)
मसँगै उड न, गौँथली
टाढा, नजिक जहाँ भए नि
मसँगै उड न, गौँथली
टाढा, नजिक जहाँ भए नि
एकै छिन गर न चिरिबिरी
के होला तिम्रो त्यो मनभरि?
यो घर न तिम्रो न मेरो
यो घर न तिम्रो न मेरो
बाटो लाग्नै पर्यो
बाटो लाग्नै पर्यो
अल्झिएका कतै हामी दुवै
तिमी न्यानो भन्दै, म माया भन्दै
एकै ठाउँ छौँ हामी
कतै भागी जाने लाग्दैछ मन
हो, यो घर न तिम्रो न मेरो
यो घर न तिम्रो न मेरो
बाटो लाग्नै पर्यो
बाटो लाग्नै पर्यो