फूलै फूल मात्र पनि
Phoolai Phoola Matra Pani
14 May, 2026
100 views
Lyrics
फूलै फूल मात्र पनि, होईन रैछ जीवन
काँडा बीच फुल्ने, फूल रैछ जीवन
मरीदिने मानिसले, बिष पीउने गर्छन्
कोही बाँची दिन, बिष पिउने गर्छन्
बिषैबिष मात्र पनि, होइन रैछ जीवन
काँडा बीच फुल्ने, फूल रैछ जीवन
अरुलाई कुल्चेर, अघि बढ्छ मानिस
देउता बन्ने रहरमा, ढुंगा बन्छ मानिस
रहर गर्नु मात्र पनि, होइन रैछ जीवन
काँडा बीच फुल्ने, फूल रैछ जीवन