आओ याद हरु
aao yaad haru
21 Mar, 2026
11 views
Lyrics
( आओ यादहरु हो, आओ,
म निदाएको छैन कोल्टे फेर्दैछु ) x 2
( सुकेको दिलमा, आगो लाएर जाओ ) x 2
आओ यादहरु हो, आओ
( निराश छु म सुस्केरा हाल्छु ) x 2
दुख हो जीवन, दुखैमा गाल्छु
( आओ आँशुहरु हो, आओ ) x 2
आँखा चिम्लेको छैन, जून हेर्दै छु
प्यासी आँखामा, बादल, छाएर जाओ
आओ यादहरु हो, आओ
( अधुरो छु म आधा कविता ) x 2
आफै म हेर्छु, आफ्नै रमिता
( आओ पीरहरु हो, आओ ) x 2,
मरिसकेको छैन, बाटो हेर्दै छु
बाँकी छन् आशा सबै लिएर जाओ
आओ यादहरु हो, आओ,
म निदाएको छैन कोल्टे फेर्दैछु
सुकेको दिलमा, आगो लाएर जाओ
आओ आओ यादहरु हो, आओ
म निदाएको छैन, कोल्टे फेर्दै छु