लैजा रे - laija re Lyrics | Nepaly Lyrics

लैजा रे

laija re
11 Jun, 2010
7 views

Lyrics

आधी-आधी जिउनु छ यहाँ, टुक्रा-टुक्रामा रमाई पारी तर्न खोज्दै छु फेरि, चुडिएको डोरी समाई अब शास फेर्न खोज्दा निसासिन्छु, म त पाइला चाल्न खोज्दा भासिन्छु, मेरो मन, कहिँ टाढा लैजा रे लैजा, मेरो मन आज, लैजा, मेरो मन आज, यो भिड भन्दा धेरै पर, फर्किन चाहन्छु आफ्नै घर, ( लैजा रे ) x 2 ( यहाँको चलन, मान्न सकिन। यहाँको खुशी, किन्न सकिन ) x 2 ( सुन्छु म यहाँ, यो सहर को भिडमा ) x 2 मान्छे हरुको मुटु छैन रे लैजा, मेरो मन आज, लैजा, मेरो मन आज, यो भिड भन्दा धेरै पर फर्किन चाहन्छु आफ्नै घर ( लैजा रे ) x 2 दबाई खुशी हास्न सकिन। यो झुटो नाता गास्न सकिन। ( देख्छु मा यहाँ बनावटी सबै ) x 2 यहाँ कोहि आफ्नो छैन रे लैजा, मेरो मन आज, लैजा, मेरो मन आज, यो भिड भन्दा धेरै पर फर्किन चाहन्छु आफ्नै घर ( लैजा रे ) x 4

Watch Video

More by Hemant Rana

Trending Songs

Advertisement