नजीक - Najeek Lyrics | Nepaly Lyrics

Lyrics

रात धेरै पर्यो, धेरै—धेरै, मायाका कुरा नगर न, ए भोलिबारे केही थाहा नभई ,जीवनभरिका दिनहरू मेरै नाम नगर न, ए सागरमा होस् कि आकाशमा, जहीँकहीँ मैसँग डुल्ने मेरा आँखा नै सबैभन्दा राम्रा भएजस्तो, बेकम्फुसे गफ नगर न, ए नजिक नआऊ, डर लाग्दै छ आफ्नै भावनाहरूसँग शिथिल छ मुटु, रूखो बनाएको छु, धेरै—धेरै साल लगाई नजुधाऊ आँखाहरू, भावना बन्न कत्ति नि समय लाग्दैन किन सोध्छौ किन यति डर? थाहा छैन र भावना हराउन पनि कत्ति नि समय लाग्दैन तिम्रो आत्मा थाम्ने कसम कसरी दिऊँ म जब आफ्नै आत्मालाई चिनेको छुइन आफ्नै छायासँग भागी दौडँदै छु म भन, तिम्रो छायाको जिम्मा, कसरी लिनु म संसार छाडी हिँड्ने वाचा नदेऊ न, शुरू—शुरूमा त यस्तै त हो नि जिन्दगानीको रीतहरूले यसैउसै हामीलाई अल्झाउने नै हो काश हाम्रो भेट केही सालअगाडि हुन्थ्यो या काश हाम्रो भेट केही सालपछाडि हुन्थ्यो समय सही हुन्थ्यो, राजै, मौसम बेग्लै हुन्थ्यो तर आज हैन, नजिक न आऊ न नजिक नआऊ, डर लाग्दै छ, आफ्नै भावनाहरूसँग शिथिल छ मुटु, रूखो बनाएकै छु, धेरै—धेरै साल लगाई नजुधाऊ आँखाहरू, भावना बन्न कत्ति नि समय लाग्दैन किन सोध्छौ किन यति डर? थाहा छैन र भावना हराउन पनि कत्ति नि समय लाग्दैन

Watch Video

More by Bartika Eam Rai

Trending Songs

Advertisement