दशैं तिहार
Dashain Tihar
14 Sep, 2018
2 views
Lyrics
( वर्षमा दिनमा लै लै, हर्षका दिन यी लै लै ) x 2
दसैँ तिहार चाड र बाड, खुसीले सारा भर्यो नि संसार
अहाहहह,
खुसीले सारा भर्यो नि संसार
अर्काको देशमा लै लै, सम्झना आको नि मैलाई
सयपत्री फूलेको आँगन, रातो अक्षता जमरा लगाई
यता मेरा आशुको धारा, उता होलान् रातै ती निधार
अहाहहह,
उता होलान् रातै ती निधार
सुपारि माला यो दाइलाई, बाटो भरी आँखा ती फैलाई
बस्दै होली मेरी बहिनी, दाजु आउने दिनहरू गन्दै
यसपालि पक्कै आउँछु म बहिनी, सजाउनलाई आफ्नै त्यो संसार
अहाहहह,
सजाउनलाई आफ्नै त्यो संसार
अहाहहह,
खुसीले सारा भर्यो नि संसार
अहाहहह,
उता होलान् रातै ती निधार