न्यानोपन - Nyanopan Lyrics | Nepaly Lyrics

Lyrics

हिउँ पग्ले जस्तै नै, मन मेरो पग्लिदैछ। तिम्रो मायाको न्यानोपनमा। मिठो नशा सरी यो मस्तिष्क मेरो उड्दैछ। सारा संसार तिम्रै रंगमा। हिउँ पग्ले जस्तै नै, मन मेरो पग्लिदैछ, त री र री र री रा.... जिन्दगी एकनासे छैन, चाल समयको अनौठो, तिमी संगै भए, सधैं बसन्त बहार। झुटो मान्छे म होइन, तारा तोडी ल्याउन सक्दिन, तर यो सास तिमीलाई नै उपहार। तिम्रो ओठको स्पर्शले मलाई प्राण दिन्छ। तिम्रो मुस्कानको उज्यालोले अँध्यारो भाग्छ। खुसी तिमी मेरो, सहारा तिम्रो माया बनिदिएको छ। हिउँ पग्ले जस्तै नै, मन मेरो पग्लिदैछ, त री र री र री रा.... मेरो मनको आश्रयस्थल तिम्रै माया हो। तिम्रो नयन शरणस्थल मेरो दृष्टिको। माया देउ या हराउ, प्रेम अमर छ। हजार क्षितिज टाढा भएनी साथै रहन्छ। हिउँ पग्ले जस्तै नै, मन्न मेरो पग्लिदैछ, तिम्रै न्यानो अङ्गालोमा। त री र री र री रा।

Watch Video

More by Rohit John Chhetri

Trending Songs

Advertisement