हिमगिरि-मण्डित
Himgiri mandita
17 Oct, 2026
2 views
Lyrics
( हिमगिरि-मण्डित, सुगन्ध-शाेभित
जय जय आमा नेपाल । ) x 2
आर्य, अनार्य, बाैद्ध र हिन्दू
( मिश्रित हाम्रो देश विशाल ।) x 2
चीन र भारत अंकमालकाे
हे अक्षय बाहू-बन्धन,
मन्दिर, गुम्बा, गिर्जा, मसजीद
पावनताकाे हे जीवन ।
जाग्रत क्षणकाे माया-विम्बित,
उच्च कलाले चुम्बित प्राण ।
डाेकाे, खुकुरी, खर्पन, टाेकरी,
( ज्याभलहरुकाे मुस्कान । ) x 2
काेशी, गण्डकी, कर्णालीकाे
( नित्य सरल हे कलकल गान । ) x 2